कला


सलमानले टेरेनन् कोरोना सुरक्षा मापदण्ड

सलमानले टेरेनन् कोरोना सुरक्षा मापदण्ड

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०७८ शुक्रबार ६:३६, काठमाडौँ

भारतको महाराष्ट्र राज्य सरकारले कोरोना संक्रमण बढेपछि भीडभाड हुने कार्यक्रममा रोक लगाएको छ। 

अत्यावश्यक काम परेका खण्डमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम अनिवार्य गरिएको छ। जसले गर्दा फिल्म सुटिङ पनि अवरुद्ध हुन थालेकोछ। 

तर अभिनेता सलमान खानले उक्त नियम उल्लंघन गर्दै फिल्म सुटिङ जारी राखेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले  ‘टाइगर–३’को बाँकी छायांकन गरिरहेका हुन्। कोरोना महामारीका कारण लकडाउन हुन सक्ने सम्भावना रहेकाले त्यसअघि नै सुटिङ सकाउन उनले अहिलेको नियम मिचेरै काम गरिरहेका हुन्। 

तर सलमानले आफूहरूले कोरोनाविरुद्धको नियम नमिचेको दाबी गर्दै अत्यन्त सुरक्षा अपनाएर चलचित्र छायांकन गरिरहेको बताएका छन्। 

उनका अनुसार कोरोना परीक्षणपछि मात्र सुटिङ टिममा सहभागी गराइएको छ। फिल्म सुटिङ चाँडै सकिने उनले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad