कला


रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुँदै

रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुँदै

नेपालखबर
पुस २३, २०७८ शुक्रबार १८:१५, काठमाडौँ

रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने भएको छ। कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो।

आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका हुन्। 

कार्यक्रममा माओवादी नेताहरु जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका शेषणहरु सञ्चालन हुनेछन्। सुनिलको सपना शेषणमा वक्ताको रुपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन्। 

कमरेडको खबर शेषणमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन्।

संसदमा सर्कसमा वक्ता राजकुमार कुवँर छन् भने सहजीकरण नविन लोचनले गर्नेछन्। त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरु गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काशिँराम डागीले गर्नेछन्। 

बिर्सिएको यु्द्ध पर्यटनमा वक्ताहरु पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन। उनीहरुलाई मनिषा श्रेष्ठले सहजीकरण गर्नेछिन्।

कार्यक्रमा राष्ट्रिय मुद्याका विषयहरु पनि उठाइएको आयोजकले बताएको छ। कविले बिराएको बाटोमा कविहरु श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन्। उनीहरुलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad