कला


अनिल कपुरले कंगना रनावतसँग बिहे गर्न लागेका हुन् त!

अनिल कपुरले कंगना रनावतसँग बिहे गर्न लागेका हुन् त!

फाइल तस्बिर : बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता अनिल कपुर।


नेपालखबर
पुस २४, २०७८ शनिबार ६:२०, काठमाडौँ

बलिउड अभिनेता अनिल कपुरको उमेर अहिले ६५ वर्ष पुग्यो। फिल्ममा अभिनयका कारण लोकप्रिय नायक अनिल कपुरले वास्तविक जीवनमा पनि उत्तिकै प्रशंसा पाउने गरेका छन्।

यसमा एउटा प्रमुख कारण हो– उनको बलियो वैवाहिक सम्बन्ध। किनकि सुनितासँग ११ वर्ष प्रेम गरेर सन् १९८४ मा विवाह गरेका उनको दाम्पत्य जीवनमा अहिलेसम्म कुनै गडबडी आएको छैन।

तर हालै तीन सन्तानका पिता तिनै अनिलले पत्नी छाड्न लागेको र अर्कैसँग विवाह गर्न लागेको खबर एकाएक फैलियो।

यो खबर सनसनी हुनुको प्रमुख कारण त के हो भने उनले अभिनेत्री कंगना रनावतसँग बिहे गर्न श्रीमती सुनितासँग डिभोर्स गर्न लागेको हो भनेर भनियो। यो खबर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल नै भए। 

जसले गर्दा निकै दुःखी हुँदै उनका धेरै जना प्रशंसकले सामाजिक सञ्जालमा यो खबर साँचो हो कि झुटो भनेर जिज्ञासा राखिरहेका छन्। 

वास्तविकता के हो त? 

भारतीय सञ्चारमाध्यम जीन्युजका अनुसार खासमा त्यस्तो हल्ला करन जौहरको ‘कफी विद करन’ कार्यक्रमबाट फैलिएको हो। कार्यक्रमको तेस्रो सिजनमा अनिल कपुर, सञ्जय दत्त र कंगना रनावत सहभागी थिए। 

त्यस क्रममा करन अनिल कपुरसँग सोध्छन्, ‘तपाईं कुन महिलासँग विवाह गर्न पाए आफ्नी पत्नी सुनिता त्याग्न सक्नुहुन्छ?’

अनिल भन्छन्, ‘कंगना रनावत!’

हो, यही आधारमा अनिलले कंगनासँग बिहे गर्न पत्नीसँग सम्बन्ध विच्छेद गर्दै छन् भन्ने हल्ला आगोजसरी फैलिएको हो। कतिपय सञ्चारमाध्यमले यसलाई समाचारै बनाएका हुन्।  

जीन्युजका अनुसार वास्तवमा यो कुरा त्यस कार्यक्रमममा ठट्टाका रूपमा गरिएको हो। यसमा यसमा कुनै सत्यता छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad