‘महाठग’ को उपमा पाएका सुकेश चन्द्रशेखरसँगको गोप्य तस्बिर बाहिरिएसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज तनावमा परेकी छन्।
सुकेश चन्द्रशेखरसँगका गोप्य तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेपछि ज्याकलिनले गोपनीयता राखिदिन आग्रह गरेकी छन्।
ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै भारतीय सञ्चारमाध्यमसँग आफ्नो गोपनीयताको हकमाथि खेलवाड नगरिदिन आग्रह गरेकी छन्।
‘मेरा लागि यो कठिन समय हो। म चाहन्छु मेरो व्यक्तिगत विषयमा दखल नदिनुस्,’ज्याकलिनले भनेकी छन्।
केही महिनादेखि ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङमा जोडिएपछि तनावमा छिन्। उनलाई भारतीय अधिकारीहरुले नियन्त्रणमा लिएर सोधपुछ पनि गरिसकेका छन्।
भारतले आफूलाई ठूलो प्रेम र सम्मान दिएको स्मरण गर्दै उनले मिडियाबाट पनि त्यही सम्मान पाएको बताएकी छन्।
‘मैले तपाईंहरुबाट केही न केही सिकेँ। म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु। म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु', उनले भनेकी छन्, 'जुन तस्बिर मेरा निजी छन्। आशा छ, मैले चाँडै न्याय पाउनेछु।’
ज्याकलिन र सुकेशको सम्बन्धमाथि भारतीय अधिकारीहरु अनुसन्धानरत छन्। उनले सुकेशबाट कयौं महँगा उपहार लिएको खुलिसकेको छ।
सुकेशले आफूलाई जयललिताको परिवारको मानिस र सन टिभीको मालिक भएकाले दक्षिण भारतीय फिल्ममा काम गर्न पनि भनेको ज्याकलिनले अनुसन्धान अधिकारीलाई बताएकी छन्।
सुकेशले रेनबेक्सीका पूर्वसंस्थापकलाई जेलबाट निकाल्ने नाममा उनको परिवारबाट दुई सय करोड रुपैयाँ असुलेको खुलिसकेको छ।
— Jacqueline Fernandez (@Asli_Jacqueline) January 8, 2022
Shares

प्रतिक्रिया