बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबीच विवाह भएको आज (जनवरी ९) एक महिना पूरा भएको छ।
उक्त विशेष अवसरमा कट्रिनाले पति विक्की कौशलका लागि विशेष पोस्ट सेयर गर्दै विवाहको एक महिना पूरा भएकामा शुभकामना दिएकी छन्।
यस पोस्टमा कट्रिनाले विक्कीसँगको सेल्फी पनि सेयर गरेकी छन्। जसमा विक्की पत्नी कट्रिनालाई अँगालो हालेको देखिन्छ।
कट्रिना कैफले सेयर गरेको फोटोमा उनी कालो ट्याङ्क टपमा देखिएकी छन्। विक्कीले नीलो कलरको फुल स्लिभ टि–सर्ट लगाएका छन्। तस्बिरमा जोडीको अनुहारमा खुसी छचल्किएको देखिन्छ।
तस्बिर सेयर गर्दै कट्रिनाले क्याप्सनमा लेखेकी छन्, ‘ह्याप्पी वान मन्थ माई लभ।’
114
Shares

प्रतिक्रिया