नेपाली चलचित्र उद्योगमा सधैं चर्चाको केन्द्रमा रहने अभिनेत्री हुन्– सुष्मा कार्की। यी नायिकालाई फिल्म उद्योगमा हिट हुनका लागि हिट फिल्म दिनु परेन। सुष्मा धेरै त आफैँले दिएको अभिव्यक्तिका कारण चर्चा र विरोधको घेरामा रहने गर्छिन्।
उद्योगमा आएपछि निर्देशक सुदर्शन थापासँग प्रेममा परेकी सुष्माको सुदर्शनको नाम जोडिएकी अर्की अभिनेत्री पूजा शर्मासँग पानी बाराबारजस्तै छ।
लामो समय मिडियाले पनि सुष्मालाई पूजासँग जोडेर प्रश्न गरिरहे। उनले पनि आक्रोश मिश्रित जवाफ दिन छोडिनन्। पूजाले एक चलचित्रका लागि बोलेको डाइलगको नक्कल गर्दै उडाएकी सुष्मा ट्रोलको सिकार समेत बनिन्।
दैनिक जीवनमा प्रयोग गर्ने सामान, सामान किन्ने बजार र त्यसको मूल्यको विषयलाई लिएर पनि सुष्मालाई उडाउने धेरै छन्। उनी बेला बेला अन्टसन्ट बोलिरहेकी हुन्छिन्।
नेपाली बजारमा आफूले प्रयोग गर्ने कुनै पनि सामान नकिन्ने अभिव्यक्ति दिने सुष्माले एक समय २ मिनेट डान्स गरेको ३ लाख चार्ज गर्छु भनेकी थिइन्। यो अभिव्यक्ति ट्रोल बनाउनेहरूका लागि अहिले पनि मसला बनिरहेको छ।
उनका मन पर्ने हिरो र प्रेमको विषयले पनि मिडियामा राम्रै स्थान बनाउने गरेका छन्। पछिल्ला केहि दिन यता सुष्माको प्रेमलाई लिएर पुनः एकपटक फिल्म उद्योग तरंगित भएको छ।
सुष्माले गतसाता मात्रै इन्स्टामा अक्षयजंग रायमाझीसँगको फोटो राख्दै ‘यो सबै कुराको उत्तर हो’ भनेर लेखिन्। सबैले अक्षयजंगसँग सुष्माको प्रेम रहेको खबर सार्वजनिक गरे। सुष्मा आक्रोशित बनिन्।
सुदर्शनसँग छुटेपछि सुष्मा गायक नरेन शाहीको प्रेममा थिइन्। नरेनपछि पनि एक फिल्म निर्मातासँगको प्रेममा रहेकी सुष्माको ती निर्मातासँग पनि प्रेम छुटेको खबर बाहिरिएको थियो। एकाएक अक्षयसँगको तस्बिर र तस्बिरमा लेखेको क्याप्सनले उनी प्रेममा छिन भनेर लख काट्न गाह्रो छैन। तथापि उनले भने अस्वीकार गरेकी छिन्।
‘मैले इन्स्टाग्राममा कति केटा साथीहरूसँगको फोटो हालेको छु, के ति मेरा सबै ब्वाइफ्रेन्ड भए त ?’, सुष्माले प्रश्न गरेकी छिन्।
उनले यसैपनि आफू मिडियाबाट टाढा बसेर साधारण मान्छेको जिन्दगी बाँचिरहेको बताएकी छिन्। सुष्माको आक्रोश यतिमै रोकिँदैन। उनी थप्छिन्, ‘यस्ता अनावश्यक कुराले पारिवारिक असर पनि त पार्छ। मेरो सम्बन्ध कस्तो हो नबुझी किन लेख्ने ? अरुको बारेमा थोरै भए पनि बुझेर लेख्दा राम्रो सन्देश जान्छ हैन र?’
Shares

प्रतिक्रिया