कला


पुष्पापछि बढ्यो रश्मिका मन्दानाको भाउ

पुष्पापछि बढ्यो रश्मिका मन्दानाको भाउ

नेपालखबर
पुस २७, २०७८ मंगलबार १४:१, काठमाडौँ

पछिल्लो समय बजार तताएको चलचित्र हो ‘पुष्पा’। अल्लु अर्जुनको ‘पुष्पा’लाई हिट बनाउने अल्लुसँगै भूमिका खेलेकी अभिनेत्री हुन्-रश्मिका मन्दाना।

यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन मात्रै गरेन कलाकारको स्टारडम पनि बढाएको छ। 

यो फिल्ममा दर्शकले अल्लुको अभिनयलाई मात्रै मन पराएनन्। अभिनेत्री रश्मिकाको अभिनयको पनि खुलेर तारिफ गरे।

सुकुमारले निर्देशन गरेको ‘पुष्पा’को दोस्रो संस्करण निर्माणका लागि निर्माता जुटिसकेका छन्। फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’को घोषणा नै भइसकेको छ। 

‘पुष्पा’मा अभिनय गरेकी रश्मिकाले सिक्वेलका लागि भने पारिश्रमिक बढाएकी छिन्। उनले ‘पुष्पाः द रुल’का लागि एक करोड पारिश्रमिक बढाएको खबर सार्वजनिक भएको छ।

‘पुष्पा’मा एक करोड पारिश्रमिक लिएकी रश्मिकाले सिक्वेल चलचित्रका लागि ३ करोड पारिश्रमिक माग गरेकी छिन्। उनको मागमा निर्माता पनि सहमत भएका छन्।

रश्मिकाको फिल्मी करियरमा यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक हो।

‘पुष्पा’को सिक्वेल आगामी फेब्रुअरीबाट छायाङ्कनमा जाँदै छ। सन २०२२ को अन्त्यमा रिलिज गर्ने लक्ष्य निर्माताले राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad