ad ad

कला


लामाे समयपछि खुलेका फिल्महल फेरि बन्द!

लामाे समयपछि खुलेका फिल्महल फेरि बन्द!

नेपालखबर
माघ २, २०७८ आइतबार २१:२४, काठमाडौँ

कोरोना संक्रमित बिरामी बढेको भन्दै सरकारले सिनेमा हल बन्द गर्न भनेको छ।

सरकारले बढ्दो महामारी नियन्त्रणका लागि आगामी माघ १५ गतेसम्म हल र जिमखाना बन्द गर्ने निर्णय गरेको हो।

सार्वजनिक ठाउँमा हुने भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

लामो समयको अन्तरालपछि हलमा नेपाली फिल्म ‘चपली हाइट ३’ लागेको थियो। यो फिल्मले बक्सअफिसमा कमजोर ओपनिङ गरेपछि फिल्म युनिटले पनि कोरोनाको कारण देखाउन सुरु गरेको छ। 

यस्तै, शुक्रबारबाटै जापानी सुपरहिरो फिल्म ‘माइ हिरो अकाडेमिया’ पनि नेपाली हलमा प्रदर्शन भैरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .