कला


मनोज गजुरेललाई फेरि कोरोना संक्रमण, कस्तो छ अवस्था?

मनोज गजुरेललाई फेरि कोरोना संक्रमण, कस्तो छ अवस्था?

नेपालखबर
माघ १०, २०७८ सोमबार १२:१९, काठमाडौँ

हास्य कलाकार मनोज गजुरेललाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ।

उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ओमिक्रोनका कारण होम आईसोलेसन, अस्पताल तथा आईसीयूमा रहेका बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आफू पनि संक्रमित भएर होम आइसोलेसनमा बसेको जनाएका छन्।

उनले कोरोनाको यो भेरियन्ट पहिलो र दोस्रो जस्तो ज्यानमारा खालको नभएको पनि उल्लेख गरेका छन्।

लेख्छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहिँ हैन तर थलाचाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केही पनि हुँदैन।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। कोरोनाका कारण आईसियुमै पुगेका गजुरेलको स्वास्थ्य अवस्था त्यसबेला निक्कै जटिल बनेको थियो। अहिले संक्रमण पुष्टि भएपनि अवस्था सामान्य रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad