कला


आरोही निर्मल पुर्जाले भेटे सलमानलाई, दिए नेपाल आउने निम्तो

आरोही निर्मल पुर्जाले भेटे सलमानलाई, दिए नेपाल आउने निम्तो

नेपालखबर
माघ १४, २०७८ शुक्रबार १७:५५, काठमाडौँ

नेपालका चर्चित हिमआरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खानलाई मुम्बईमा भेटेका छन्। 

बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी पनि उपहारस्वरुप दिएका छन्। 

नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै उनले सलमानलाई भेटेर नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। 

बितेको ७ महिनामा विश्वका १४ अग्ला हिमाल चढेर विश्व रेकर्ड बनाइसकेका पुर्जाले आफ्नो जीवनी समेटिएको पुस्तक उपहारस्वरुप दिँदै सलमानलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। 

पछिल्लो समय पुर्जा नेपाल चिनाउने अभियानमा छन्। उनले विश्वका सेलिब्रिटीलाई ल्याएर नेपालमा ठूलो कार्यक्रम गर्ने योजना बनाएका छन्। 

त्यही कार्यक्रममा सहभागिताका लागि पुर्जाले सलमानलाई डाकेका हुन्। सलमानबाट निर्मलले ग्रीन सिग्नल पाएका छन्। 

यसअघि उनले डिस्कभरि च्यानलको 'म्यान भर्सेज वाइल्ड'का प्रस्तोता बियर ग्रिल्जलाई नेपाल बोलाइसकेका छन्। 

उनले यसबारेको जानकारी चर्चित फोटो साइट इन्स्टाग्रामार्फत दिएका छन्। ‘सलमान भाइसँगै आनन्ददायी भेट भयो। मेरो देशमा चाँडै भेट हुनेछ,’ उनले इन्स्टाग्राममा भनेका छन्। 

आरोही निर्मल पुर्जा केही महिनायता ओटिई प्लाटफर्म नेटफिल्क्समा उपलब्ध डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’का कारण चर्चामा छन्। 

यसअघि सलमा 'दबङ्ग रिलोडेड' मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन नेपाल आउने तयारीमा थिए। तर त्यो कार्यक्रम आयोजक विवादमा मुछिएपछि उनी नेपाल आउन पाएका थिएनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad