कला


लता मंगेशकरको सम्झनामा अञ्जु पन्तले गाइन् ‘मेरे नैना सावन भादौ..’ (भिडिओ)

लता मंगेशकरको सम्झनामा अञ्जु पन्तले गाइन् ‘मेरे नैना सावन भादौ..’ (भिडिओ)

नेपालखबर
माघ २५, २०७८ मंगलबार ८:१०, काठमाडौँ

प्रख्यात् भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा गत आइतबार (फेब्रुअरी ६) निधन भएको छ। कोरोना संक्रमण भएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचाररत उनको निधनले भारतका मात्र होइन, नेपालसहित विश्वभरकै संगीतप्रेमी शोकमा छन्। 

गायिका लता मंगेशकरको ‘अन्तिम भिडिओ’ सार्वजनिक, भयो भाइरल

विश्वका ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाएकी लताले नेपाली गीतमा पनि स्वर दिएकी छन्। उनले गाएका नेपाली गीत लोकप्रिय पनि छन्। 

यसैबीच चर्चित गायिका अञ्जु पन्तले गायिका लताको स्मरणमा उनैले गाएको ‘मेरे नैना’ बोलको चर्चित गीतको कभर सङ सार्वजनिक गरेकी छन्।

‘संगीत इतिहासको एक धरोहर आदरणीय लता मंगेशकरको निधनको खबरले स्तब्ध बनायो। विश्वले उहाँको सांगीतिक योगदानलाई कहिल्यै भुल्नेछैन’, अञ्जुले भनेकी छन्, ‘संयोग पनि कस्तो हुँदो रहेछ! दुई दिनअघि मात्र मेरो श्रीमानले यो गीत गाउन अनुरोध गर्नुभयो, अनि मैले रेकर्ड गरें। आज (सोमबार) त्यही गीत लताजीको सम्झना र सम्मान स्वरूप यहाँहरू माझ ल्याएकी छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad