कला


अरुणिमाको प्रश्नः पारपाचुके गर्नेबित्तिकै श्रीमान् कसरी दुश्मन हुन्छ?

अरुणिमाको प्रश्नः पारपाचुके गर्नेबित्तिकै श्रीमान् कसरी दुश्मन हुन्छ?

नेपालखबर
माघ २५, २०७८ मंगलबार १२:४९, काठमाडौँ

एक समय नेपाली फिल्म उद्योगमा चलेकी अभिनेत्री हुन् – अरुणिमा लम्साल।

कलाकार राधा लम्सालकी छोरी अरुणिमाले ‘धड्कन’, ‘अग्नि ज्वाला’, ‘अभिमन्यु’, ‘इन्द्रेणी’लगायतका सफल चलचित्रमा आफ्नो अभिनय कौशल देखाएकी छिन्। 

५० भन्दा धेरै चलचित्रमा अभिनय गरेकी अरुणिमाले करिअरको पिक आवरमा विवाह गरिन्। विवाहपछि यी अभिनेत्रीलाई चलचित्रको पर्दामा कमै देखियो। केही अभिनय गरेका चलचित्र पनि चलेनन्। छोरीकी आमा बनेर घर संसारमै रमाइरहेकी उनी श्रीमान् र छोरी सहित अमेरिका उडिन्। 

अमेरिका पुगेको केहि समयपछिनै उनले श्रीमानसँग पारपाचुके गरिन। देशबाट पलायन भएकी अरुणिमाको फिल्म उद्योगबाट पनि चर्चा सेलायो। थुप्रै कलाकारले अमेरिकामा पनि सक्रिय जीवन बिताइरहेका बेला यी अभिनेत्री भने गुमनाम जस्तै भएर बसिन। अरुणिमा अमेरिकामा हुने सार्वजनिक कार्यक्रम तथा जमघटमा देखिन थालेको लामो समय भएको छैन्। 

बिस्तारै सार्वजनिक हुन थालेकी अरुणिमाले नेपाली फिल्म उद्योगप्रतिको मोह पुनः प्रदर्शन गर्न थालेकी छिन्। उनले अमेरिकामै बसोबास गरिरहेकी अर्की अभिनेत्री ऋचा घिमिरेसँगको कुराकानीका क्रममा फिल्म उद्योग र उद्योगका मानिसलाई सधैं सम्झना गरेको प्रतिकृया दिएकी छिन्। उनी पुनः उद्योगमा फर्किन आतुर देखिएकी छिन्। 

अरुणिमाले आफू फिल्मकै लागि जन्मिएको समेत बताएकी छिन्। उनले आफू फिल्म उद्योगबाट टाढा नभएको दाबी गर्दै भनेकी छिन्, ‘मैले केही समय विश्राम लिएको मात्रै हुँ। म पुनः फिल्ममा फर्किन्छु। तर कहिले कसरी फर्किन्छु चाहिँ यसै भन्न सक्दिनँ।’

उनका श्रीमान अमित अर्यालसँगको सम्बन्धविच्छेदबारे नबोलेकी अरुणिमाले पहिलोपटक त्यसको कारण बताएकी छिन्।

उनले डिभोर्स भएपनि श्रीमानसँग साथीको सम्बन्ध रहेको बताएकी छिन्। भनेकी छिन्, ‘कुनै बेला मन पराएको थिएँ। माया गरेको थिएँ। कुरा मिल्यो विवाह गर्‍यौं। कुरा मिलेन अलग भयौं।’

अरुणिमाले छोरीको सुखदुःखमा आफूहरु अहिले पनि एक साथ रहेको उल्लेख गरेकी छिन्। भनेकी छिन्, ‘पारािचुके गर्ने बित्तिकै श्रीमानलाई किन दुश्मन ठान्नु? उहाँ मेरो अहिले पनि राम्रो साथी हो।’

पछिल्लो केही समययता अमेरिकामा रहेका कलाकारले सिने उद्योगप्रतिको मोह विभिन्न तरिकाबाट ब्यक्त गरिरहेका छन्। केही दिन अघि मात्रै अर्की अभिनेत्री मेलिना मानन्धरले आफू फिल्ममा फर्किने तयारीमा रहेको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad