वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ। छातीमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्काेस्थित किस्ट मेडिकल कलेज भर्ना गरिएको हाे।
छातीमा निमोनिया देखिनाका साथै उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए।
उनले भने, ‘उहाँमा कोरोना भए नभएको जानकारी पाउन मंगलबार हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ।’
अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए।
जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा मंगलबार राति पनि अस्पतालमै राखिएकाे बज्राचार्यले जानकारी दिए।
जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन्।
जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन्। रासस
Shares

प्रतिक्रिया