रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो प्रोमो सार्वजनिक गरिएको छ। प्रोमोमा अहिलेका भाइरल र्यापर ‘माइला’को प्रस्तुतिलाई देखाइएको छ।
प्रोमोमा मिस्टर डी, डेजेन र कवि–जी प्रि–जजहरूको रूपमा देखाइएको छ। तर यस शोको जजमा भने र्यापर बालेन शाह, गिरिस खतिवडा र मानस घले छन्।
यसअघि निर्माण टिमले पहिलो प्रोमोमा फीमेल र्यापर फुर्दुकीलाई देखाएको थियो। जुन भिडियोले हालसम्म युट्युबमा २ लाख ३० हजार भ्युज र विभिन्न सामाजिक सञ्जालमा २० लाख भ्युज प्राप्त गरेको छ।
कार्यक्रम फागुन १६ बाट इमेज र डी म्युजिक टिभीमार्फत प्रशारणमा आउने भएको छ। कार्यक्रम युट्युबमा भने ओएसआर रियालिटीबाट आउनेछ।
नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्याप म्युजिक रियालिटी शो हो। डी म्युजिक टिभीको प्रस्तुती रहेको उक्त शोलाई सुदिप पोख्रेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन्।
कार्यक्रमका लागी ८ हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत सहभागिता जनाएका थिए जसमध्ये ६ सय जनाको विभिन्न शहरमा फिजिकल अडिसन लिइएको थियो। अब फिजिकल अडिसनबाट छानिएका १२३ जना ले श्रीपेचको लागि प्रतिस्पर्धा गर्नेछन्। नेपहपको श्रीपेच को विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्नेछन्।
भिडिओ -
Shares

प्रतिक्रिया