कला


पुष्पसँग माया लाउने शिल्पाको रहर [भिडिओ]

पुष्पसँग माया लाउने शिल्पाको रहर [भिडिओ]

नेपालखबर
फागुन १, २०७८ आइतबार १३:५७, काठमाडौँ

अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पुष्प खड्काले अभिनय गरेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

चलचित्र ‘मंगलम’मा जोडी कलाकारका रुपमा देखिएको यो जोडीलाई सोही चलचित्रको ‘पर्ख पर्ख मायालु’बोलको गीतमा निकै रुचाइएको थियो। 

यहि जोडी अर्को रोमान्टिक गीत ‘माया गर्न मन छ’मा पुनः देखिएको हो। चन्द्र प्रसाई ‘परिष्कृत’ले लेखेको सार्वजनिक गीत प्रविन बेडवालले गाएका छन्। 

गीतमा अर्जुन पोख्रेलको संगीत तथा फणीन्द्र राईको संगीत संयोजन सुन्न सकिन्छ।

पुष्प र शिल्पाको जोडीलाई निर्देशक देवेन्द्र पाण्डेले म्यूजिक भिडियोमा उतारेका हुन्। हरि हुमागाँईको छायांकन र विकाश दाहालको सम्पादन छ । 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad