गायिका अञ्जु पन्तले भ्यालेन्टाइन्स डेको अवसरमा आफ्ना पतिसँग अभिनय गरेको नयाँ गीत सार्वजनिक गरेकी छन्।
गायिका पन्तले सोमबार ‘अब छाडेर जाने कुरा नगर’बोलको म्युजिक भिडिओ सार्वजनिक गरेकी हुन्।
हाल अमेरिकामा रहेकी पन्तले ‘भ्यालेन्टाइन स्पेसल’ भनेर सार्वजनिक गरेकाे गीतको भिडिओमा थिर कोइरालासँग भएको विवाहको दृश्यसमेत समेटिएको छ।
गोविन्द हुमागाईंले रचेको गीतमा कर्मा ग्याल्जेन बोमजनको संगीत र फणीन्द्र राईको एरेन्ज छ। लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादनमा निर्मित म्युजिक भिडिओ नरेन्द्र लोहनीले खिचेका हुन्। भिडिओ ‘अञ्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
गायिका अञ्जुले गत वर्ष थिरसँग दोस्रो विवाह गरेकी हुन्। यसअघिका श्रीमानसँग उनले डिभोर्स गरेकी थिइन्। त्यसतर्फ उनको एउटा छोरी पनि छिन्।
Shares

प्रतिक्रिया