कोरोना महामारी अघि नै निर्माण भएको चलचित्र हो ‘म यस्तो गीत गाउँछु २।’
यो चलचित्रले धेरै पटक प्रदर्शन मिति तय गर्यो र स्थगित गर्यो।
कोरोनाका कारण सुनसान रहेको सिने उद्योगलाई चलायमान बनाउन यो फिल्मले भूमिका खेल्ने अपेक्षा राखिए पनि चलचित्रका निर्देशक सुदर्शन थापाले जोखिम मोल्न चाहेनन्।
उद्योग गतिशील भइसक्ने अवस्था हेर्दै फिल्मको प्रदर्शन मिति तय गर्दा पनि अहिलेसम्म रिलिज हुन सकेको छैन।
अब भने यो चलचित्र यही फागुन १३ गतेबाट रिलिज हुने तयारीमा छ। निर्माण टिमले पनि प्रचारका नयाँ नयाँ फण्डा अपनाइरहेको छ।
प्रचारकै क्रममा नेवारी र थारु भाषामा प्रचार गीत निर्माण गरेर फिल्म हेर्न जान आग्रह गरिएको छ।
चलचित्रमा पल शाह र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
बुधबार हल दौडाहामा निस्किएकी पूजाले रोएको नाटकसम्म गरिन्। उनले पलको तारिफ गर्दै पलजस्तो अर्को साथी नभएको बताएकी हुन्।
फिल्म प्रदर्शन ताका कलाकारहरु यस्ता फण्डा गरिरहेका हुन्छन्।
फिल्मको प्रचारका लागि ७ मातृभाषामा गीत खिच्ने निर्देशक थापाले बताएका छन्। थारु भाषामा खिचिएको गीत भने सार्वजनिक भइसकेको छ।
Shares

प्रतिक्रिया