कला


सुटिङका क्रममा सलमान खान र कट्रिना कैफ घाइते भएपछि तस्बिर भयो भाइरल

सुटिङका क्रममा सलमान खान र कट्रिना कैफ घाइते भएपछि तस्बिर भयो भाइरल

नेपालखबर
फागुन ६, २०७८ शुक्रबार १८:१८, काठमाडौँ

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ यतिबेला दिल्लीमा फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त छन्।

हालै यस फिल्मको सेटबाट सलमान र कट्रिनाका केही तस्बिर लिक भएका छन्, जसमा दुवैलाई चोट लागेको देखिन्छ। ती तस्बिर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन्।​

फिल्मको सेटबाट खिचिएका तस्बिर भाइरल 
विदेशमा सुटिङ गरेपछि सलमान र कट्रिना अहिले दिल्लीमा फिल्मको अन्तिम भागको सुटिङ गरिरहेका छन्।​

जहाँका सेटबाट केही तस्बिर भाइरल भइरहेका छन्, जसमा दुवै एक्सन अवतारमा देखिएका छन्। सोही क्रममा दुवै जनालाई नराम्ररी चोट लागेको छ र रगत पनि बगिरहेको छ। तस्बिरमा कट्रिनाले कम्बेट भेस्ट र जिन्स लगाएकी छन्।  सलमान टी–सर्ट र ट्राउजरमा देखिएका छन्। 

यो फिल्म हेर्नका लागि फ्यानहरु निकै उत्साहित छन्, किनकि यसमा दर्शकले फेरि एकपटक सलमान र कट्रिनाको जोडी देख्न पाउने छन्। तस्बिर हेरेर फ्यानहरूले टाइगरको बाँकी सिरिजजस्तै यस फिल्ममा पनि कट्रिना र सलमानले उत्कृष्ट स्टन्ट गरेको अनुमान गरेका छन्।

सलमान-कट्रिनाको आगामी प्रोजेक्ट
‘टाइगर ३’ मा सलमान–कट्रिनाका अलावा इमरान हाश्मी पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा इमरान नकारात्मक भूमिकामा देखिनेछन्। सलमान र इमरानले स्क्रिन सेयर गर्ने यो पहिलोपटक हुनेछ।

यस फिल्मका अलावा सलमान ज्याकलिन फर्नान्डिजसँग ‘किक २’ र पूजा हेगडेसँग ‘कभी ईद कभी दिवाली’ मा पनि देखिनेछन्। अर्कोतर्फ, कट्रिना ‘फोन भूत’, अली अब्बास जफरको आगामी सुपरहिरो फिल्म र श्रीराम राघवनको ‘मेरी क्रिसमस’मा देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad