अभिनेता पल शाहले छोटो समयमा निकै उतारचढाव देखे। पछिल्लो समय निक्कै व्यस्त यी अभिनेता बारम्बार विवाद र चर्चाको केन्द्रमा देखिए।
म्यूजिक भिडियो तथा चलचित्रमा सँगै काम गरेका अभिनेत्री तथा मोडलसँग उनको नाम जोड्न थालियो।
म्यूजिक भिडियो तथा चलचित्रका मेकर्सले पब्लिसिटीका लागि मोडल तथा अभिनेत्रीसँग नाम जोडे। यो प्रचारको पुरानै शैली हो। मेकर्सको पुरानो यो शैलीलाई पछिल्लो पुस्ताका पलले पनि स्वीकार गरे। अन्ततः पललाई ‘प्ले–ब्वाई’को ट्याग लाग्यो।
केही समय अघिबाट गायिका समीक्षा अधिकारीसँग पलको नाम जोडिएर बाहिर आएको छ। पल समिक्षासँगको सम्बन्धलाई लिएर केहि बोलिरहेका छैनन्।
समीक्षाले बेलाबेला फेसबुकमा धम्कीपूर्ण स्टाटस लेख्ने गरेकी छिन्। विभिन्न मिडियाकर्मीले सार्वजनिक रुपमा पलसँगको सम्बन्धका बारेमा सोध्दा भने उनले जवाफ दिने गरेकी छैनन्।
पलको ठूलो फ्यान समीक्षाले केही म्यूजिक भिडियोमा पलसँगै काम गरेकी छिन्। कामकै सिलसिलामा नजिकिएका पल र समीक्षाबीच शारीरिक सम्बन्ध भएको र त्यसपछि पल टाढिएको खालका समाचार बारम्बार सम्प्रेषण भइरहेका छन्। यस्ता समाचारले हेरान बनेका पलले बेलाबेला यो क्षेत्रमा किन लागेछु भनेर पश्चताप गर्ने गरेका छन्।
उनी भन्छन्, ‘म यहाँ दिनरात नभनी किन काम गरिरहेको छु। नाम कमाउन गरेको यो मेहनतका पछाडि गिरोह नै लागेर बदनाम गराउन लागिपरेको देख्दा अचम्म लाग्छ।’
उनले आफू कुनै पनि कुरामा हत्तपत्त नबोल्ने बताउँदै भने, ‘मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु।’
Shares

प्रतिक्रिया