गायक रामकृष्ण ढकालको नयाँ गीत बजारमा आएको छ।
उनको स्वरमा ‘ए पहरी फूल’ बोलको गीत रिलिज भएको हो। गीता गिरी शेरचनले लेखेको गीतमा राजु सिंहको संगीत सुन्न सकिन्छ।
प्रेमभाव अभिव्यक्त गरिएको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।
लिगेश भट्टराईले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे र पवित्रा शाहले अभिनय गरेका छन्।
गीतमा प्रेमिकालाई कोमल फूलसँग तुलना गरिएको छ। गीतको म्युजिक भिडियो छायांकन नवराज घिमिरेले गरेका हुन्। भिडियो सम्पादन राजेश कुमारले गरेका छन्।
भिडिओ -
36
Shares

प्रतिक्रिया