कला


कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

नेपालखबर
फागुन ११, २०७८ बुधबार ८:५०, काठमाडौँ

कलाकार जयनन्द लामाको निधन भएको छ। लामाको बुधबार बिहान निधन भएको हो।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। 

पछिल्लो समय टेलिचलचित्र ‘हल्का रमाइलो’मा देखिँदै आएका लामाले सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन्।

उनले २०३० सालमा चलचित्र ‘मनको बाँध’बाट अभिनय यात्रा सुरु गरेका थिए। 

लामा लोक गायक तथा संकलक पनि हुन्। उनले थुप्रै मौलिक लोकगीत गाउनुका साथै संकलन गरेका छन्।

लामाले गाएका ‘कलकत्ते काइँयो’ , ‘चुइँ चुइँ चुइँकने जुत्ता’ , ‘मुलाको चाना’ , ‘सलल पानी’ लगायतका गीत लोकप्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad