कला


गायक जयनन्द लामाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

गायक जयनन्द लामाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

फाइल तस्बिर : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हात मिलाउँदै कलाकार जयनन्द लामा। तस्बिर : प्रचण्डको फेसबुकबाट।


नेपालखबर
फागुन ११, २०७८ बुधबार १३:५३, काठमाडौँ

गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्। 

गायक लामाको आज बुधबार बिहान निधन भएको हो। 

–​कलाकार जयनन्द लामाको मृत्यु रहस्यमयः खुट्टा गाडीमा, टाउको भुइँमा

‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली स्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुखित छु’, प्रचण्डले भनेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रूपमा हामी माझ नरहे तापनि ‘कलकत्ते काइँयो, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो’जस्ता उहाँका अनगिन्ती सिर्जनाहरू हाम्रा ओठहरूमा सदैव बसिरहनेछन्। हामी सम्झिरहनेछौं।’

उनले कलाकार जयनन्द लामाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

याे पनिछक्का पञ्जा–४ मा दाइसँग काम गर्ने सपना अधुरै रह्यो : दीपकराज गिरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad