कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेका छन्।
मंगलबार साँझ ७ बजे बैठकमा सहभागी हुन भन्दै बौद्धतर्फ गएका लामा भक्तपुरको मध्यपुर ठिमीमा मृत अवस्थामा फेला परेका हुन्।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै निवास अगाडी कारभित्रै मृत भेटिएका हुन्। बुधबार बिहान ७ बजे आफन्तले शव भेटेका थिए।
बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए।
उनको शरीरमा चोट समेत देखिएको र थप अनुसन्धान भइरहेको पाण्डेले बताए।
1.2k
Shares

प्रतिक्रिया