कला


अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको सर्कुलर

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको सर्कुलर

नेपालखबर
फागुन ११, २०७८ बुधबार २०:३७, काठमाडौँ

अभिनेता पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। 

नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बुधबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ। 

अभिनेता पल शाहले नाबालिग किशोरीमाथि अन्तिम पटक यौन शोषण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए। 

यता, शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी ती किशोरीले मेडिकल चेकअप गराएकी छन्। 

उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad