एउटी नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी परेपछि यतिबेला नेपाली कलकारिता क्षेत्र तरंगित छ।
अभिनेता पलविरुद्ध बलात्कार अभियोगको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबारै पक्राउ पुर्जी जारी गरिसकेको छ भने पल ‘फरार’ भएको भन्दै उनलाई पक्रिन देशभर सर्कुलर गरेको छ।
यस विषयमा कलाकारहरूले पनि आआफ्ना प्रतिक्रिया व्यक्त गरिरहेका छन्। यसै क्रममा गायक शिव परियारले भने यो घटनाले कलाकारको नाक काटिएको टिप्पणी गरेका छन्।
‘घटना नांगो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुसीले गदगद् होला, एउटा पक्ष दुखाइले भतभती होला’, बिहीबार दिउँसो गायक परियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाईं हामी समग्र कलाकारकै नाक काटिएको छ है।’
याे पनि : पल शाह प्रकरणमा दीपकराज गिरीको सांकेतिक प्रतिक्रिया
Shares

प्रतिक्रिया