कला


पल शाह प्रकरणमा दीपकराज गिरीको सांकेतिक प्रतिक्रिया

पल शाह प्रकरणमा दीपकराज गिरीको सांकेतिक प्रतिक्रिया

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १३:३७, काठमाडौँ

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि यतिबेला नेपाली रंगमञ्च क्षेत्रमा तरंग छाएको छ भने अन्य क्षेत्रका व्यक्तिले समेत सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रिया/टिप्पणी लेखिरहेका छन्।   

पीडित भनिएकी किशोरीकी बुबाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारसम्बन्धी जाहेरी दिएलगत्तै पक्राउ गर्न खोज्दा पल शाह ‘फरार’ भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तर यसबीच आज बिहीबार बिहानै पलले सामाजिक सञ्जालमार्फत आफूलाई फसाउन खोजिएको दाबी गर्दै त्यसका लागि रचिएका षडयन्त्र भनेर केही अडिओ पनि सार्वजनिक गरेका छन्। जसमा उनले आफूविरुद्ध आफ्नै साथीभाइ लागेको आरोप लगाएका छन्। 

यो पढ्नुहोस्बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’

त्यसको २ घण्टापछि कलाकार दीपकराज गिरीले फेसबुकमार्फत नै घटना नखुलाई सांकेतिक रूपमा प्रतिक्रिया दिएका छन्। उनको स्टाटसमुनि पल शाहकै प्रकरणबारे व्यक्त कमेन्टले कलाकार गिरीले लेखेको कुरा त्यही घटनासँग सम्बन्धित रहेको जो कोहीले सजिलै बुझ्छ। 

कलाकार गिरीको स्टाटस पल शाहप्रति सकारात्मक देखिन्छ। किनकि पलले आजै बिहान फेसबुकमा आफ्नै साथीभाइले आफूलाई फसाएको भनेर लेख्नु अनि कलाकार गिरीले रामायणकाे यो प्रसंग उल्लेख गर्नु पक्कै संयोग मात्र होइन। 

‘रामले युद्ध जिते किनकि पछाडि बाँदर सेना नै भीषण थिए’, दीपकराज गिरीले लेखेका छन्, ‘रावणले युद्ध हारे किनकि उनका पछाडि विभिषणहरू थिए।’

याे पनिपलले आफूलाई फसाएको आरोप लगाएपछि दुर्गेशको प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad