बलात्कार आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।
बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्।
‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’
हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्।
2.7k
Shares
प्रतिक्रिया