कला


बलात्कार आरोपमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार

बलात्कार आरोपमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार

फाइल तस्बिर : अभिनेता पल शाह


नेपालखबर
फागुन १२, २०७८ बिहिबार ७:४८, काठमाडौँ

एउटी नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्नासाथ अभिनेता पल शाह फरार भएका छन्। 

जाहेरी दर्ता भएलगत्तै पक्राउ गर्न खोजेकाे तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जनाएको छ।

हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए।

स्राेतका अनुसार रिलिजको तयारीमा रहेको ‘म यस्ताे गीत गाउँछु–२’ फिल्मको प्रमोसनमा उनी सहभागी भएका थिए। 

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन्।

उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ।

याे पनि : ​बलात्कार पुष्टि भए पल शाहलाई १२ वर्षसम्म जेल सजाय हुनसक्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad