कला


बलात्कार पुष्टि भए पल शाहलाई १२ वर्षसम्म जेल सजाय हुनसक्छ

बलात्कार पुष्टि भए पल शाहलाई १२ वर्षसम्म जेल सजाय हुनसक्छ

नेपालखबर
फागुन ११, २०७८ बुधबार १९:१, काठमाडौँ

चर्चित अभिनेता एवम् मोडल पल शाहविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै कानुनी प्रक्रिया अगाडि बढेको छ।

अब जुनसुकै बेला प्रहरीले पल शाहलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन सक्छ। 

पोखरा घर भएकी एक गायिकामाथि बलात्कार गरेको भन्दै उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका हुन्। ती गायिका १८ वर्ष मुनीकी भएकाले उनका बुबाले जाहेरी दर्ता गरेका हुन्। 

विवाह गर्ने प्रलोभनमा पारेर जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पलको घर दाङ र गायिकाको घर पोखरा भएपनि अन्तिम घटनास्थल तनहुँ भएकाले तनहुँमा जाहेरी दर्ता भएको हो। 

प्रहरीले घटनाको अनुसन्धान सुरु भइसकेको जनाएको छ। मुलुकी अपराध संहिता अनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

पहल शाहले करणी गरेको ठहर भएमा यही सजाय हुनसक्छ। कानुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार मानिन्छ। सुरुमा बिबाह गर्छु भनेर पल शाहले करणी गरेको र पछि विवाह नगर्ने बताएपछि घटना सार्वजनिक भएको थियो। 

घटना मिलाउन पटक पटक छलफल भएपनि पल बिबाह गर्न तयार नभएपछि कानुनी प्रक्रियामा गएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad