नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आजबाट प्रदर्शनमा आएको छ।
यो चलचित्र सिने उद्योगले आशा गरेको चलचित्र हो। निर्माण भएको साढे दुई वर्षपछि प्रदर्शनमा आएको यो चलचित्रले कोरोनाका कारण सुस्ताएको फिल्म उद्योगले लय समात्ने अपेक्षा गरिएको छ।
तर यो चलचित्र प्रदर्शनमा आउनु अगावै चलचित्रका मुख्य कलाकार पल शाह नाबालिग करणीको जाहेरीका कारण प्रहरीको फरार सुचीमा छन्। उनलाई प्रहरीले खोजी गरिरहेको छ। पलको यो काण्डले फिल्म रिलिजमा असर गर्ने आकलन पनि गरिएको छ।
चलचित्रको प्रिमियरकै दिन पलविरुद्ध जाहेरी दर्ता भएको थियो। उनी यहि कारण आफ्नै चलचित्रको प्रिमियरमा सहभागी हुन पाएनन्। पल बिनै भएको प्रिमियरमा चलचित्रकी निर्मात्री तथा शिर्ष कलाकार पूजा शर्मा भक्कानिएर रोएकी थिइन्।
सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुदर्शन र पूजाले संयुक्त रुपमा लगानी गरेका छन्। चलचित्रमा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गनेश गिरी लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया