कला


मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालको तर्फबाट इरिना श्रेष्ठ सहभागी हुने

मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालको तर्फबाट इरिना श्रेष्ठ सहभागी हुने

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १२:३२, काठमाडौँ

मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ। 

गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईराद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षीया मोडल इरिना श्रेष्ठले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो। 

सोही कार्यक्रममा श्रेष्ठलाई आमा इन्दिरा श्रेष्ठ र बुवा जयन्द्र श्रेष्ठले ताज पहिर्याइदिएका थिए । 

विश्वका सयभन्दा बढी राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगिताका लागि श्रेष्ठ योग्य एवं सक्षम भएको आयोजकको दाबी छ। 

हाल स्नातक तहमा अध्ययनरत तथा विगत केही वर्षदेखि मोडलिङ गर्दै आएकी श्रेष्ठले थुप्रै चर्चित फेशन सोहरुमा सहभागिता जनाईसकेकी छिन् भने विभिन्न ब्राण्डका लागि काम पनि गरिसकेकी छिन्। 

मिडियामा समेत काम गरिसकेकी श्रेष्ठ यस मिस ग्ल्याम वल्र्ड २०२२ लाई लिएर निकै उत्साहित छिन्। मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने वाचा गरिन्। मिस ग्ल्याम वल्र्ड २०२२ को ताज नेपाल भित्र्याउन सक्दो प्रयास गर्ने श्रेष्ठले वाचा गरिन्। 

मिस ग्ल्याम वल्र्ड २०२२ एक अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभै नेपाललाई विश्वमा चिनाउने एक अवसर भएको आयोजक फेशन इराका कार्यकारी अध्यक्ष आनन्द सिंहले बताए। 

मिस ग्ल्याम वल्र्ड २०२२ यही आउँदो अगष्ट १९ देखि अगष्ट २८ सम्म भारतको कोचिन, केरलामा हुनेछ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad