कला


पल शाह आज प्रहरी सामु उपस्थित हुने

पल शाह आज प्रहरी सामु उपस्थित हुने

नेपालखबर
फागुन १५, २०७८ आइतबार ११:२३, काठमाडौँ

अभिनेता पल शाह आज प्रहरी सामु उपस्थित हुने भएका छन्।

एक नाबालिगमाथि बलात्कार आरोप लागेपछि उनी 'फरार' थिए। गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी परेको थियो। 

त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि उनी फेला परेका थिएनन्। 

सामाजिक सञ्जालमा आइतबार एक स्टाटस लेख्दै उनले आज प्रहरीसामु उपस्थित हुने जनाएका हुन्।

उनले लेखेका छन्, 'मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म 'म यस्तो गित गाउछु २' गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु। नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु।'

यो पढ्नुहोस् : बलात्कार मुद्दामा ‘फरार’ पल शाहले दिए यस्तो ‘प्रमाण’

याे पनि : ​बलात्कार पुष्टि भए पल शाहलाई १२ वर्षसम्म जेल सजाय हुनसक्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad