कला


पल भन्छन् : स्वास्थ्य बिग्रिएकाले प्रहरीसामु जान ढिला भयो

पल भन्छन् : स्वास्थ्य बिग्रिएकाले प्रहरीसामु जान ढिला भयो

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७८ आइतबार १३:१, काठमाडौँ

अभिनेता एवम् मोडल पल शाहले आफ्नो स्वास्थ्यमा समस्या आएकाले प्रहरीसामु उपस्थित हुन ढिलाइ भएको बताएका छन्।

आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुनुअघि उनले यस्तो बताएका हुन्। नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोप लागेपछि उनले घर व्यवहार मिलाउँदा र 'म यस्तो गीत गाउँछु-२' फिल्मलाई असर नपरोस् भनेर केही ढिला गरी प्रहरीमा उपस्थित भएको उनले बताएका छन्। 

'मेरो स्वास्थ्यस्थिति बिग्रीएका, घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म 'म यस्तो गित गाउँछु-२' गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनी म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु', उनले तनहुँमा पुग्नुअघि भनेका थिए, 'नेपालको कानुनलाई सम्मान गर्दै आइतबार नेपाल प्रहरीसामु म आफैँ उपस्थित हुने जानकारी दिन चाहन्छु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad