कला


गाली गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्यूरोमा उजुरी

गाली गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्यूरोमा उजुरी

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०७८ शुक्रबार १६:३८, काठमाडौँ

युट्युवमार्फत आफूलाई गाली गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले साइबर ब्यूरोमा जाहेरी दिएकी छन्। एवान मिडिया नामक युट्युव मार्फत शर्मिला वाइवाले नायिका थापालाई गालि गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका हुन्। 

ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जाहेरी परेलगत्तै आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। ‘जाहेरी परेपछि त्यो मिडियाका बारेमा बुझ्न प्रेस काउन्सिललाई पत्र पठाएका छौं, पत्रको जवाफ आएपछि कारबाही हुन्छ’, अर्यालले नेपालखबरसँग भने। 

प्रहरीले विद्युतीय कारोबार ऐन र गाली बेइज्जतीको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँ प्रहरी कार्यालय अगाडि दिनहुँ नारा र प्रदर्शन हुन थालेपछि रेखाले नाबालिगको संरक्षण हुनुपर्ने धारणा राखेकी थिइन्।

उक्त धारणापछि युट्युबमा उनीविरुद्ध अभिव्यक्ति सार्वजनिक भएका थिए। उनलाई गाली गर्ने वाइवा तनहुँ पुगेर अभियुक्त शाहको पक्षमा बोलिरहेकी छन्। 

रेखाले २० वर्ष मुनिका छोरीहरू बालिका भएकाले उनीहरुलाई कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु पर्ने उल्लेख गरेकी थिइन्।

‘उनीहरुको कोसँग लभ छ? कति पटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन', उनले भनेकी थिइन्, 'समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा ब्याप्त छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad