कला


लण्डनबाट रिलिज गरिएको ‘मन मनै त हो’ मा ध्रुव र अमिका (भिडिओ)

लण्डनबाट रिलिज गरिएको ‘मन मनै त हो’ मा ध्रुव र अमिका (भिडिओ)

नेपालखबर
चैत ७, २०७८ सोमबार १७:१५, काठमाडौँ

युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा एक नयाँ रोमाञ्चक म्यूजिक भिडिओ सार्वजनिक भएको छ।

लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा उक्त म्यूजिक भिडिओ सार्वजनिक गरिएको छ। कार्यक्रममा काव्या श्रेष्ठ र बृष्टि पुन श्रेष्ठले म्यूजिक भिडिओ सार्वजनिक गरेका थिए।

अर्जुन रत्न भिखारीको शब्द, सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडिओ बनाइएको छ। म्यूजिक भिडिओमा लण्डनका लोकप्रिय नायक ध्रुव दत्त र अमिका महतको अभिनय रहेको छ।

मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो। म्यूजिक भिडिओ सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए।

उनीहरुले कुशलको निर्देशकीय क्षमता र गाइडेन्समा काम गर्न निकै सहज भएको बताए। वक्ताहरुले बेलायतमा सीमित श्रोत र साधनका बीचपनि म्यूजिक भिडिओ निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखे। 

पहिलोपटक म्यूजिक भिडिओमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन्।

अमिकाले म्यूजिक भिडिओ हेरेर आफ्नो पहिलो प्रयासमा भएका कमी कमजोरी औंल्याइदिन आग्रह गरेकी छन्। कार्यक्रमकै अवसरमा टिम मेम्बर आशिष श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो। कार्यक्रममा इनास यूकेले कलाकारलाई सम्मान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad