नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन सकिएको छ।
सोसल कमेडी जनरामा बनेको यो चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
दन्त चिकित्सक कपिल रिजाल यहि चलचित्र मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्दै छन्।
कपिल डा. भोला रिजालका छोरा हुन्। यो चलचित्रमा पर्वत, पोखरा, काठमाडौं लगायतका स्थानको दृष्य समावेश छ।
जितु र साम्राज्ञी यो चलचित्र मार्फत पहिलोपटक स्क्रिन शेयर गर्दै छन्। साम्राज्ञीको यो पहिलो कमेडी फिल्म हो।
यो जोडीका अलवा चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी लगायतका कलाकारले अभिनय गर्नेछन्।
यो चलचित्रमा डा. भोला रिजालले लगानी गरेका हुन्।
48
Shares

प्रतिक्रिया