अमेरिकाको लसएन्जल्समा यस वर्षको ओस्कार अवार्ड समारोह चलिरहेको थियो। कार्यक्रमका उद्घोषक क्रिस रक उद्घोषण गरिरहेका थिए।
विल स्मिथका लागि सर्वोत्कृष्ट अभिनेताको अवार्ड घोषणा हुन बाँकी नै थियो। कार्यक्रममा स्मिथकी पत्नी जाडा पिन्केट स्मिथ पनि थिइन्।
यत्तिकैमा उद्घोषक रकले स्मिथकी श्रीमतीको कपाल झर्ने समस्यालाई विषय बनाई व्यंग्य गरे। आफ्नी पत्नीलाई मजाकको पात्र बनाइएको भन्दै विल स्मिथ सरासर स्टेजमा गए र कार्यक्रम उद्घोषक रककाे गालामा दरिलो थप्पड हाने।
तर रकले कुनै प्रतिवाद गरेनन्। हाँसेर टारे। कार्यक्रमका दर्शक भने स्तब्ध भएका थिए। कार्यक्रम लाइभ प्रसारण भइरहेको थियो।
हेर्नुहोस् त्यो दृश्य–
स्मिथले ‘किङ रिचार्ड’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो।
अवार्ड ग्रहण गरिसकेपछिको सम्बोधनमा भने स्मिथले क्रिस रकको नाम तथा घटना उल्लेख नगरी क्षमायाचना गरे।
Shares

प्रतिक्रिया