नेपाली चलचित्र '१२ सत्ताईस' यही मंसिर २७ गतेेदेखि प्रदर्शन हुने भएको छ। गत वर्ष फागुन १७ गते नेपाली कथानक चलचित्र 'दि ब्रेक अप' निर्माण गरेको ह्याप्पी प्लानेट फिल्म्सले नाै महिनापछि अर्काे चलचित्र '१२ सत्ताईस' निर्माण गरेकाे हाे।
अघिल्लो वर्ष नाम चलेका र सफल निर्देशक हेमराज बि.सी. र राम्रो क्रेज भएका आशिरमान देशराज जोशी र हलिउड फिल्ममा आफ्नो छोट्टो भूमिकामा अभिनय गरिसकेकी शिल्पा माश्के थिइन् भने अहिले यस फिल्ममा निर्देशक र धेरैजसो कलाकारहरु नयाँ रहेका छन्।
गत वर्ष सुपरहिट भएको चलचित्र 'नाई नभन्नु ल – ५' का नायक अभिशेष नेपाल र डेब्युडेन्ट कलाकारहरु समिर श्रेष्ठ, काजि राना र अस्मिता लामिछाने सहित रहेका छन्। स्टार कलाकार र नाम चलेका निर्देशकहरुको जमातलाई छोडेर यो चलचित्रको निर्माण किन गरियो त ? निर्माता रेनु राणा भन्छिन्, 'सधै पुराना र नाम चलेकाहरुलाई लिएर मात्र चलचित्र बनाउने हो भने नयाँ निर्देशक र कलाकारहरुले अवसर कहिले पाउने?' यसको साथै चलचित्रका सबै निर्देशक तथा कलाकारहरुले अब्बल काम गरेको उनी बताउँछिन्।
ट्रेलर भिडियाे हेर्नुहाेस्ः
चलचित्र लाइट कमेडी विधामा निर्माण भएको उनकाे भनाइ छ। काठमाडाैं सहरमा बेरोजगार ३ युवाहरुको दैनिकीमा आउने भाग्य र दुर्भाग्यको उहापोहलाई हास्यरस प्रस्तुत गरिएको निर्देशक जोन योन्जन बताउँछन्। कमेडी जनरामा फिजिकल मेटाफाेरको प्रयोग गरिएको यस चलचित्रले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने कुरामा सम्पूर्ण निर्माण टिम ढुक्क रहेको देखिन्छ। गत जेठ ९ गतेबाट सुरु गरिएको यस चलचित्रको छायांकन काठमाण्डौ, ललितपुर, धादिङ र सिन्धुपलाञ्चोक जिल्लाका सुन्दर स्थानहरुमा छायांकन गरिएको छ।
यस चलचित्रको निर्मातामा रेनु राणा, दिपक खतिवडा र रुपक थापा हुनुहुन्छ भने सह-निर्मातामा गौतम शाह रहेका छन्। चलचित्रको संगीतकार र गायक दिपक आर.जे. र नेपाली हिप हपका लेजेन्ड गिरिष खतिवडा छन्। शब्द प्रकाश मल्लको रहेको छ भने कोरियोग्राफिमा बिक्रम स्वार र चलचित्रको संपादन कार्य कृष्ण भण्डारीले गरेका छन्।
Shares

प्रतिक्रिया