कला


थप्पड काण्ड : ‘विल स्मिथलाई पक्रिन प्रहरी तयार भइसकेको थियो’

थप्पड काण्ड : ‘विल स्मिथलाई पक्रिन प्रहरी तयार भइसकेको थियो’

नेपालखबर
चैत १८, २०७८ शुक्रबार १६:२६, काठमाडौँ

ओस्कार अवार्ड समारोहका बेला उद्घोषक एवं हास्य कलाकार क्रिस रकलाई मञ्चमै थप्पड हानेका हलिउड अभिनेता विल स्मिथलाई त्यतिबेलै प्रहरीले पक्राउ गर्न लागेको खुलासा भएको छ। 

घटनापछि आइतबार पहिलो साक्षात्कारमा समाराेह निर्माता विल प्याकरले झापड खाएका रकलाई अधिकारीहरूले पिट्ने विल स्मिथलाई कारबाही गर्न चाहनुहुन्छ भनी सोधेको तर उनीले पर्दैन भनेकाे बताएका हुन्। ​

एबीसीको गुड मर्निङ अमेरिकाद्वारा सार्वजनिक एक अन्तर्वार्ता क्लिपमा समाराेह निर्माता प्याकरले घटनापछि रक र लस एन्जलसका प्रहरी अधिकारीबीच भएको कुराकानी सुनाएका हुन्।

उनका अनुसार प्रहरी अधिकारीले रकलाई भनेका थिए : हामी उनलाई तत्काल पक्रिन तयार छौं, तपाईं आरोप प्रमाणित गर्न सक्नुहुन्छ?

उनीहरू विभिन्न विकल्प दिएको तर रकले आफू ठीक छु भनेर भनेको कार्यक्रम निर्माता प्याकरले बताएका छन्।आफूले पनि प्रहरीलाई काम गर्न दिन भन्दा रकले ‘होइन, होइन, पर्दैन’ भनेको उनले बताए। प्याकरले आफूले समेत कारबाही अघि बढाउन जोड दिएको उल्लेख गरेका छन्। 

ओस्कार अवार्ड वितरण कार्यक्रम सकिएपछि आइतबार प्रहरी प्रवक्ताले भने, ‘पीडित व्यक्तिले प्रहरीमा उजुरी दिन अस्वीकार गरे।’ 

पीडित पक्षले पछिको मितिमा पनि प्रहरीमा जाहेरी दिन्छ भने एलएपीडी अनुसन्धानका लागि उपलब्ध हुने उनले बताए। 

ओस्कार आयोजक एकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले बुधबार विज्ञप्ति जारी गरी भनेको छ : हामी के स्पष्ट पार्न चाहन्छौं भने मिस्टर स्मिथलाई समारोह छाड्न भनेका थियौं, उनलाई अस्वीकार गरेका थियौं र हामीलाई यो पनि थाहा थियो– हामी परिस्थितिलाई फरक तरिकाले सम्हाल्न सक्थ्यौं। यसमा निलम्बन, निष्कासन वा नियम र आचरणका मानकले दिएका अन्य प्रतिबन्ध हुनसक्ने उसले विज्ञप्तिमा उल्लेख गरेको छ। 

तर बुधबार रकले बोस्टनमा घटनापछि पनि स्मिथसँग कुराकानी भएको बताउँदै घटनाबारे अमेरिकी मिडियामा आएका कुरा अस्वीकार गरे। बीबीसी

यस्तो थियोे घटना– भिडिओमा हेर्नुहोस्

यो पनिझापड काण्ड : ओस्कार विजेता विल स्मिथकी पत्नीको टाउको कसरी यस्तो भयो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad