प्रसिद्ध गायिका साधना सरगमले हालै एक नेपाली गीतमा आफ्नो सुमधुर स्वर पस्केकी छिन्।
एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको शान्ति गीतमा उनले आवाज दिएकी हुन्।
शान्ति गीतका माध्यमबाट भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका साथ तयार गरिएको यस गीतमा हेमप्रभास अधिकारीको शब्द रचना र सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ।
भारतको मुम्बईस्थित आर्यान रेकर्डस् स्टुडियोमा गीत रेकर्ड गरिएको हो।
‘मैले धेरै समयपछि बडो उत्साहका साथ फेरि नेपाली भाषाको गीत गाउने अवसर प्राप्त गरेँ, अन्य गीतहरुभन्दा यस शान्ति गीतको भावभूमि फरक रहेको हुँदा यसप्रति मेरो झुकाव बढेको हो। मैले यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सद्भाव फैलँदै जाने आशा गरेकी छु’ गायिका साधना सरगमले बताइन्।
विश्वभरका मानिसहरुबिच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको सामग्री निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जनाएका छन्।
Shares

प्रतिक्रिया