काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अभिनेता दिव्य देवले उत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन्। अभिनेत्री तर्फ मेनुका प्रधानले अवार्ड पाइन्।
‘चलचित्र ‘महानगर’बाट मेनुकाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्दा ‘चिसो एस्ट्रे’बाट दिव्य देवले उत्कृष्ट अभिनेताको अवार्ड उचालेका हुन्।
मोहन राई निर्देशित ‘महानगर’ले ह्याट्रिक गरेको निफमा अभिनेत्री सहित लेखन र निर्देशन विधाका समेत अवार्ड प्राप्त गरेको छ। फिचर फिल्मको विधामा ‘चिसो एस्ट्रे’ले दुई विधामा अवार्ड जित्यो।
विजेताहरु
अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मः नो ग्राउण्ड बेनेअथ द फिट
राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्मः वान नाइट इन काठमाडौं स् महानगर
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीः गोर्खा गर्ल
अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेडः हर्ट अफ गोल्ड
अन्र्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म: अल सिट
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म: आइस क्रिम
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशक: वचन व्यञ्जनकार (ट्रफी)
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशक: मोहन राई (महानगर)
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकार दिव्य देव (चिसो एस्ट्रे)
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकार: मेनका प्रधान (महानगर)
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पटकथा: मोहन राई (महानगर)
राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म छायांकन: उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे)
Shares

प्रतिक्रिया