कला


सौन्दर्य व्यवसायलाई लयमा फर्काउने प्रयासमा ‘ग्लो टु ग्लो’

सौन्दर्य व्यवसायलाई लयमा फर्काउने प्रयासमा ‘ग्लो टु ग्लो’

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ११:२१, काठमाडौँ

सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि गर्दै आएको ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो’ले व्यावसायिक क्षमता विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।

कोभिड–१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ।

नयाँ वर्षका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलाहरूलाई संयुक्त अरब इमिरेट्स सरकारअन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडीए)’बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ।

‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’की संस्थापक विनिता शाहका अनुसार कार्यक्रममा १०८ जनाले प्रत्यक्ष उपस्थित भएर प्रमाणपत्र लिएका छन्।

‘ग्लो टु ग्लो’ले सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूलाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको संस्थापक शाहले बताइन्। 

‘बेहुलीको श्रृङ्गार तथा ब्युटीपार्लर सञ्चालन गर्नेहरू महिला दिदीबहिनीहरुलाई काठमाडौंमै मेकअप र हेयर डिजाइनसम्बन्धी आधारभूत तालिम प्रदान गरिरहेका छौँ। साथै युएईमा पनि शाखा विस्तार गरेर काम अघि बढाएका छौँ,’ उनले भनिन्।

शाहले प्रशिक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र विश्वभरि नै मान्यता प्राप्त हुने बताइन्। 

‘यही तालिमका लागि विदेशमा १० लाखसम्म खर्च गर्न पर्छ। तर, यहाँ धेरै सहुलियतमै प्रशिक्षण प्रदान गरिरहेका छौँ, यो तालिमपछि जुनसुकै देशमा पनि रोजगारीका लागि जान सकिन्छ,’ उनले भनिन्।

विविध विधामा पुरस्कार

नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो। तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन्।

सौन्दर्य कलासम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत भएका छन्। छाला हेरचाहसम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी भए। अन्य दुई खेलमा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी भए।

उद्यमशील बन्ने अवसर

कार्यक्रमका सहभागीहरूले अन्तर्राष्ट्रियस्तरको तालिम लिएपछि नेपालमै उद्यमशील बन्न धेरै अवसर प्राप्त हुने बताए। सोनाम बरालले नेपालमा पर्याप्त सम्भावना भए पनि तालिम र प्रोत्साहन नहुँदा बिदेशिनु पर्ने बाध्यता रहेको उल्लेख गरिन्।

‘ग्लो टु ग्लोबाट तालिम लियौँ, अझै राम्रोसँग काम गर्ने उर्जा मिल्यो, त्यसैअनुरुप काम पनि गरिरहेका छौँ। यो संस्थाले एउटा पुलको काम गरेको छ,’ बरालले भनिन्।

‘ग्लो टु ग्लो’ की संस्थापक शाहले नेपाली महिलाहरूको क्षमता विकासका लागि विश्वका विभिन्न देशमा विकास गरिएका डिजाइनलाई आधार बनाएर कोर्ष तयारी गरिएको जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad