नाबालिग गायिकामाथि बलात्कार अभियोग लाग्नुअघि पल शाहले अभिनय गरेको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
‘मुटुमा माया छ’बोलको यो गीतमा चर्चित गायिका विष्णु माझी र कुलेन्द्र विश्वकर्माले आवाज भरेका छन्। यस गीतमा लय तथा शब्द सृजना पवन ओलीको रहेको छ।
लोक दोहोरी गीति क्षेत्रमा विष्णु माझी र कुलेन्द्र रुचाइएका गायक गायिका हुन्। उनीहरु दुईले गाएका गीतलाई दर्शकले अत्यधिक रुचाएका छन्।
पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र विष्णु माझीको थियो।
गीतको म्युजिक भिडिओमा नायक पल शाह र जुना सुन्दासले अभिनय गरेका छन्। तर पल अहिले बलात्कार अभियोगमा तनहुँ कारागारमा छन्।
भिडियो सम्पादन प्रविन भट्टले गरेका हुन्। मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन श्याम कुँवरको कलर , बुद्धि तामाङको मेकअप छ।
भिडिओ
Shares

प्रतिक्रिया