चर्चित गायिका मेलिना राईले चर्चित म्युजिक एरेन्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने निर्णय गरेपछि जातिवादी हाम्रो समाजमा तरंग आएको छ।
जनजाति समुदायकी राईले दलित समुदायका बराइलीसँग बिहे गर्ने भएपछि गायिका राईलाई उनकै समुदायका कतिपयले गालीसमेत गरिरहेका छन्।
यसविरुद्ध वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता जागृत रायमाझीले टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनी प्रश्न गर्छन्, ‘जात व्यवस्था तीन हजार वर्षदेखि यत्रतत्र सर्वत्र छ यो दक्षिण एसियामा। हामीभित्र जातीय विभेद छैन, त्यसकारण हामी जात व्यवस्थाको जाँतोमा पिसिएका छैनौं भन्ने केही जनजाती बुज्रुकहरूलाई पनि गायिका मेलिना राईको विवाह निर्णयप्रति आफ्नै समुदायले गरेको निकृष्ट विभेदकारी गालीका वर्षाले जनजाति स्वत्वमा समेत राज्यले जात व्यवस्था कसरी व्याप्त बनाएछ भन्ने सवाल अझ प्रस्ट बनायो कि?’
उनले अगाडि लेखेका छन्, ‘जात व्यवस्था उन्मूलन आन्दोलनलाई निर्णायक बनाऔं। मेलिना राईहरूलाई गाली होइन, सम्पूर्ण समर्थन गरौं। हातेमालो गरौं।’
Shares
प्रतिक्रिया