कला


नेपाली फिल्ममाथि प्रदर्शकको ज्यादती : कलाकार आक्रोशित

नेपाली फिल्ममाथि प्रदर्शकको ज्यादती : कलाकार आक्रोशित

नेपालखबर
बैशाख ४, २०७९ आइतबार १६:४२, काठमाडौँ

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ माथि हलहरुले विभेद गरेका छन्। यो चलचित्रले हाउसफुल ब्यापार गर्दा पनि हलहरुले पर्याप्त शो उपलब्ध नगराएपछि चलचित्रकर्मी आक्रोशित भएका छन्।

अघिल्लो दिन विर्तामोडको क्यूएफएक्स हलमा २ शो पाएर हाउसफुल ब्यापार गरेको फिल्मको शनिबार एक शो काटिएको हो। 

शनिबार बिदाको दिन टिकट बुकिङ भने हाउसफुल नै थियो। हाउसफुल दर्शक हुँदाहुँदै हल सञ्चालकले फिल्मको शो घटाएपछि नेपाली फिल्म माथि हेपाहा प्रवृत्ति देखाएको भनेर चलचित्रकर्मी आक्रोशित भएका हुन्। 

हलले शो कटौती गरेपछि चलचित्र संघका महासचिव अशोक शर्माले स्टाटस लेख्दै भनेका छन्, ‘नेपाली फिल्म ‘ए मेरो हजुर ४’ देशैभर हाउसफुल हुँदा हुँदै शुक्रबार काठमाडौंका केही र काठमाडौं बाहिरका केही हल हरुले शो हटाउनुपर्ने कारण के हो जवाफ छ ति हलहरुसँग? यसरी नै चल्ने हो भने अब आउन सक्ने आँधीबेहेरी सामना गर्न तयार रहनुहोला।’

कलाकार दीपकराज गिरीले पनि हल सञ्चालकको अत्याचार विरुद्ध मुख खोलेका छन्।

उनले लेखेका छन् ‘केजीएफ पनि चलाउ, पैसा मज्जाले कमाउ। तर नेपाली फिल्मलाई दिएको थोरै शो त नघटाउ। केही हलहरूले न्याय गरेको देखियो। तर केही हलहरूले भने बदमासी गरेको मज्जाले देखिएको छ। तपाईंहरूलाई भोलिका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गारो पर्छ होला? जुन सम्भावना पनि छ। केजीएफले आगो बालेको छ। सहि हो त्यसमा तपाईंहरूले नियम मै नभाको रातिको शो राख्नु भो कमाउनु भो। ठिक छ, कमाको राम्रो। कमाउनुस्। तर नेपाली फिल्म राम्रै चलिरहेको छ भने त्यसको शो चाहिँ किन घटाउनु हुन्छ? अलिकता नैतिकता प्रदर्शन गरौं। नेपाली ब्रान्ड विदेशीको तुलनामा कमजोर होलान् तर अशक्त छैनन्। हाम्रा आफ्नै दर्शक छन्। तिनीहरुको पनि सम्मान गरिदिनु होला।’

उता क्यूएफएक्स बिर्तामोडका सञ्चालक राजकुमार पोखरेलले भने कर्मचारीको कमजोरीका कारण शो घटेको भनेर निर्माता सुनिल कुमार थापासँग माफी मागिसकेका छन्। तथापि चलचित्रकर्मी पोखरेलको भनाइमा सहमत हुन सकेका छैनन्। 

हल सञ्चालक तथा फिल्म वितरकसँग मात्रै होइन चलचित्र निर्माता संघ, विकास बोर्ड लगायत संस्थासँग पनि कलाकारहरुले गुनासो सुरु गरेका छन्।

नेपाली फिल्म बारम्बार प्रदर्शकको हेपाइमा पर्दा पनि संघले केही नबोलेको प्रति कलाकार आक्रोशित भएका हुन्।

संघको पदमा बस्ने तर निर्माता पीडामा परेका बेला एक शब्द नबोल्ने संघका पदाधिकारीसँग उनीहरुले चित्त दुखाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad