चलचित्र निर्माताहरूले राष्ट्रिय चलचित्र नीति २०७१, कार्यान्वयन गरिदिन गृहमन्त्री बालकृष्ण खाँणसँग आग्रह गरेका छन्।
बिहीबार सिंहदरबारमा गृह मन्त्रीलाई भेटेर उनीहरुले चलचित्र निर्माणमा भोग्नु परेका समस्या सुनाएका थिए।
कलाकारसँगको भेटमा गृहमन्त्री खाँणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न पहल गर्ने बताए।
कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाँणले बताए।
नायक भुवन केसी, नायिका एवं हास्य कलाकार दीपाश्री निरौला, चलचित्र निर्माता नवल खड्का, गायक हेमन्त शर्मा लगायत गृहमन्त्रीलाई भेट्न पुगेका थिए।
36
Shares

प्रतिक्रिया