कलाकारको विवाह धेरैका लागि चासोको विषय बन्ने गरेको छ। धेरैले प्रेम र विवाहका बारेमा प्रश्न गर्दागर्दै अभनेत्री केकी अधिकारीले बिहीबार प्रेमी रोहित तिवारीसँग सुटुक्क विवाह गरिन्।
केकीको प्रेम र प्रेमीको विषय गसिप बन्न पाएन।
यता अर्की अभिनेत्री वर्षा शिवाकोटीले पनि शुक्रबार सुटुक्क विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ।
उनका पारिवारिक स्रोतका अनुसार उनले सीमित पारिवारिक जमघट समारोहमा विवाह गर्न लागेकी हुन्।
वर्षाले आफ्नो विवाहका बारेमा आधिकारिक जानकारी दिएकी छैनन्। कुनै समय उनीसँग निकट रहेका राज कटुवालले पनि विवाहको कुरा सुनेको तर निम्ता नआएको बताए।
वर्षाले अमेरिकामा बसोबास गर्दै आएका युवकसँग विवाह गर्न लागेको बताइएको छ।
‘नाई नभन्नु ल २’बाट नेपाली रजतपटमा प्रवेश गरेकी वर्षा पछिल्ला केही वर्ष प्रेम र बिछोडले चर्चामा रहिन्। राम्रो ब्यानरका केही चलचित्रमा काम गरे पनि वर्षा अभिनयका कारण खासै नोटिस हुन भने सकेकी छैनन्।
Shares

प्रतिक्रिया