कला


अनुभवलाई उमेरले दियो धोका

अनुभवलाई उमेरले दियो धोका

नेपालखबर
बैशाख ११, २०७९ आइतबार १३:३८, काठमाडौँ

चलचित्र ‘नाइँ नभन्नु ल’ र अनुभव रेग्मी एकअर्काका परिपुरक जस्तै भैसकेका छन्। ‘नाइँ नभन्नु ल’का सिरिज हेर्ने दर्शकका लागि अनुभव बानी परिसकेका छन्।

विकाश आचार्यको ‘नाइँ नभन्नु ल’ ब्राण्डमा अनुभवको इन्ट्री दोस्रो सिरिजबाट भएको हो। उनले चलचित्रको ५ औँ सिरिजसम्म सफल अभिनय गरे। उनलाई दर्शकले निक्कै रुचाएका पनि छन्। 

‘नाइँ नभन्नु ल’ ब्राण्डमा अभिनय गर्दागर्दै लक्का जवान भएका अनुभव यसको नयाँ सिरिजमा भने नअटाउने भएका छन्।

‘नाइँ नभन्नु ल ६’ निर्माणको घोषणा भएसँगै उनी यो चलचित्रमा नरहने कुरा सार्वजनिक भएको हो। ‘नाइँ नभन्नु ल ४’बाट ठूलो पर्दामा डेब्यु गरेकी आँचल शर्माले ‘नाइँ नभन्नु ल ६’मा अभिनय गर्ने पक्का भएको छ।

विकाश आचार्यले निर्देशन गर्ने यो चलचित्रमा अनुभव नदेखिने भएपछि चलचित्रको स्वाद खस्किने चर्चा सुरु भएको छ।  

अनुभव बालकलाकारको रुपमा नेपाली सिनेमामा स्थापित भएका हुन्। उनको लोकप्रियता निक्कै लोभलाग्दो छ। उनी ‘नाइँ नभन्नु ल’ सिरिजका एक हिस्सा नै मानिन्छन्। दर्शकले ‘नाइँ नभन्नु ल’को सिरिज सम्झँदा अनुभवलाई बिर्सिंदैनन्।

उमेर बढेका कारण अनुभवको ‘नाइँ नभन्नु ल ६’मा भूमिका नरहने निर्देशक आचार्यले बताएका छन्। चलचित्रका लागि अन्य कलाकारको खोजी भैरहेको निर्देशक आचार्यको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad