बलिउड अभिनेता टाइगर श्राफको एउटा भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
भिडियोमा टाइगरले एक महिला फ्यानलाई अँगालो हालेको देखिन्छ।
वास्तवमा टाइगर र तारा सुतारिया फिल्म ‘हिरोपन्ती २’ को प्रमोसनका लागि मुम्बई पुगेका थिए। दुवैलाई हेर्न फ्यानको भीड जम्मा भएको थियो।
यसै क्रममा एक महिला फ्यान टाइगरलाई देखेपछि बेहोस भइन्। त्यसपछि त्यहाँ उपस्थित केहीले पानी पिउन खोजे तर उनले पानी पिउन मानेनन्।
यसपछि अभिनेताले उनलाई स्टेजमा बोलाएर अँगालो हालेका थिए।
अहमद खान निर्देशित हिरोपन्ती २ अप्रिल २९ मा रिलिज हुँदै छ।
भिडिओ :
324
Shares

प्रतिक्रिया