कला


‘कबड्डी ४’मा होला त काजीको विवाह ? (ट्रेलरसहित)

‘कबड्डी ४’मा होला त काजीको विवाह ? (ट्रेलरसहित)

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १७:६, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ।

कबड्डीको ३ सिरिजमै विवाह गर्न नसकेको अविवाहित काजी चौथो सिरिजमा पनि विवाहकै टेन्सनमा देखिन्छन्। ट्रेलर हेर्दा केटी खोज्दै गाउँ आइपुगेको बमकाजी, गाउँकै स्कुलमा पढाउने मास्टरनी भाञ्जी र काजीको विवाहको चिन्ताको वरिपरी कथा घुमेको छ। 

प्रेममा धोका खाएका काजी लामा बन्न बौद्ध गुम्बा पुगेको दृष्य ट्रेलरमा देख्न सकिन्छ। यो सिक्वेलमा पनि उनको विवाह हुने नहुने ट्रेलरमा समावेश गरिएको छैन।  

आगामी जेठ १३ गते रिलिजको तयारीमा रहेको चलचित्रमा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्। 

रामबाबु गुरुङ निर्देशित चलचित्रमा विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले सयुक्त रुपमा लगानी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad